संसदीय दलको चुनावका लागि कांग्रेसले गठन गर्‍यो समिति,संयोजकमा आङदम्बे



काठमाडौं।नेपाली कांग्रेस कार्यसम्पादन समितिले संसदीय दलको चुनावका लागि सहमहामन्त्री भीष्मराज आङदम्बेको संयोजकत्वका तीन सदस्सीय समिति गठन गरेको छ ।

आइतवार बसेको बैठकले समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य रहने गरि समिति गठन गरेको हो । समितिले आज–भोलिमै चुनावी तालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

कांग्रेसले संसदीय दलको नेता चयनका लागि पौष ६ गते चुनाव गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्नुपर्ने भएकोले ६ गतेका लागि चुनावको मिति गर्नेगरी तयारी भएको कांग्रेस स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्