एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चद्वारा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना



काठमाडौं। गत मंसिर-४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनमा सोलुखुम्बुबाट निर्बाचित
प्रतिनिधिसभा सदस्य मानबीर राई र प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लाबासीहरुले गरेको आशालाई निराशामा परिणत हुन नदिन आफुहरुले भरमग्दूर प्रयास गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित बधाई तथा धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसदद्वयले सो प्रतिबद्धता दोहोर्‍याएका हुन। उनीहरूले प्रतिनिधि तथा प्रदेशसभाको बर्तमान बनावटका कारण चाहे जस्तो काम गर्न चुनौतीपूर्ण रहेको स्पष्ट गर्दै सत्ता राजनीतिका कारण उत्पन्न हुने सहज /असहज दुबै परिष्थितिमा जिल्लाबासीको शीर उच्च हुने गरी आफुहरु जिम्मेवारी पूरा गर्नेमा आफुहरु दृढ रहेको उनीहरूको भनाई थियो।

राई पांचदलीय गठबन्धनका उम्मेदवार पूर्बमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य र राजभण्डारी गठबन्धनका प्रदेश ख का उम्मेदवार माओवादी केन्द्रका केन्द्रीय सदस्य शिबकुमार बस्नेतलाई पराजित गर्दै प्रदेश एक सभा सदस्यमा निर्बाचित भएका थिए।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई, केन्द्रीय सदस्य एबम् नवनिर्बाचित प्रतिनिधिसभा सदस्य राई,प्रदेशसभा सदस्य राजभण्डारी,राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा,नेकपा एमाले प्रदेश सचिवालय एबम् पूर्ब प्रदेश राज्यमन्त्री उत्तमकुमार बस्नेत,प्रदेश कमिटी सचिवालय सदस्य महेश किराँती,एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,प्रदेश कमिटी सदस्य बच्चुनारायण श्रेष्ठ,जिल्ला कमिटी सचिवालय सदस्य कल्पना राई र प्रदेश सम्पर्क समन्वय कमिटीका तर्फबाट इन्द्र भण्डारी र टपेन्द्र कार्कीले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

सम्पर्क मञ्चको तर्फबाट नवनिर्बाचित सांसदद्वयलाई बधाई तथा सम्मानपत्र प्रदान गरिएको सो कार्यक्रमका बक्ताहरुले ३१ बर्षपछि नेकपा एमालेले निर्बाचनमार्फत ऐतिहासिक जित हासिल गर्नु महा उपलब्धि भएको बताउंदै नवनिर्बाचित सांसदहरुले अहिले प्राप्त भइरहेको बधाई र लगाईरहेको खादाको अर्थ बुझेर सोही अनुसार आफुलाई क्रियाशील गराउनुपर्ने बताएका थिए।

कार्यक्रम सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नन्दराज बास्तोलाको अध्यक्षतामा काठमाडौंको सुकेधारामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्