६१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान,१५ ठाँउमा मतदान स्थगित
काठमाडौँ।देशका १६५ निर्बाचन क्षेत्रमा प्रतिनिधिसभा र ३३० निर्बाचनमा एकै पटक आइतबार सम्पन्न निर्बाचनमा ६१ प्रतिशत मत खसेको छ।

निर्बाचन आयोगका अनुसार बुथ कब्जा, मतपत्र आगजनी र हूलहुज्जत घटनाका कारण १५ ठाउँमा मतदान स्थगन भएको छ । बाजुरामा भने प्रहरीको गोली लागेर एक जनाको मृत्यु र केही घाइते भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाजुराको त्रिवेणी नगरपालिका–७, दम्था मतदानस्थलमा प्रहरीले चलाएको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको छ । मतदान गरिएका मतपेटिका खोस्ने प्रयास गरिएपछि प्रहरीले गोली चलाएको र गोली अयडीलाई लागेको प्रहरीको भनाइ छ ।
प्रहरी सहायक हबल्दार कृष्णबहादुर कुँवरलाई हूलबाट ढुंगा प्रहार गरी घाइते बनाएर हतियार लुटेपछि अर्का प्रहरीले गोली चलाएको प्रहरी प्रवक्ता एसएसपी दानबहादुर कार्कीले बताए । उनले लुटिएको हतियार अझै फेला नपरेको जानकारी दिए ।

