सोलुखुम्बुको नेचासल्यानमा एक मतदान अधिकृत मृत फेला,घटनाको अनुसन्धान हुँदै
सोलुखुम्बु।सोलुखुम्बुको नेचासल्यान गाउपालिका ४ स्थित एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् ।

फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय यादव आज (शनिबार ) बिहान सुतेकै ठाउँमा मृत भेटिएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल जङ्ग शाहले जानकारी दिए।
घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थल पुगिसकेको छ । सर्लाही हरिपुर्वा नगरपालिका ५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । उनले लामो समयदेखि सुगर र मुटुको औषधी प्रयोग गर्दै आएको खुलेको छ ।

