…अनि चल्यो अल्फाबिटाको बेसमेण्टमा डोजर
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको बेसमेन्ट भत्काएको छ ।

अल्फाबिटाका सञ्चालकले दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले डोजर लगाएर भत्काएको हो ।
बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स पुगेका थिए। निरीक्षण गर्ने क्रममा बालेन्द्र शाह र कम्प्लेसका प्रतिनिधिबीच भनाभन नै भएको थियो ।भनाभनपछि भवनको नक्सा हेरेका बालेनले नक्साको अध्ययनपछि अल्फाबिटाले बेसमेन्टको अनधिकृत प्रयोग गरेको निष्कर्ष महानगरले निकालेका हुन्।
काठमाडौँ महानगरपालिकाले बुधबारदेखि काठमाडौँका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ।

