अनधिकृत संरचनाविरुद्ध आज पनि महानगर प्रमुख बालेनको ‘एक्सन’ बिहानैदेखि



काठमाडौं । अनधिकृत संरचना हटाउने कार्यलाई तीब्रता दिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) आज पनि बिहानैदेखि सक्रिय भएका छन् ।

कोटेश्वर क्षेत्रको निरीक्षणपछी यति मेयर बालेनसहित डीआईजी मीरा चौधरी शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन् ।

व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै जानकारी गराउनुस् भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएका छन् ।टोलीले ३ घण्टापछि प्याकिङ गरेको नगरेको हेर्न आउने समेत बताएको छ । अन्डरग्राउन्डमा रहेका जुत्ता पसल, मोबाइल पसल, बुटिक लगायत क्षेत्रमा महानगरको टोलीले अनुगमन गरिरहेको छ ।
आजै बानेश्वरको अल्फाबिटामा पनि बालेनले अनुगमन गर्दैछन् ।उता, महानगरपालिकाले कोटेश्वर क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउने भएको छ ।

व्यापारीलाई आफै अन्डरग्राउन्ड पार्किङ खाली गर्न भनिएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।
“नक्सा पास नगरी अन्डरग्राउन्ड पार्किङमा बनाइएका संरचना हटाउन भनेका छौँ । दिउँसोतिर अनुगमनमा जाँदैछौँ । व्यापारीले हटाउन अटेर गरेर आफै हटाउछौँ,” एसपी पाण्डेले भने ।

बुधबार महानगरले सुनधारा, न्युरोड क्षेत्रका अनाधिकृत संरचनामा डोजर चलाएको थियो । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले दरबारमार्गस्थिल लन्डन पबको अन्डरग्राउन्ड पार्किङ खाली गर्न निर्देशन दिएका छन् ।

त्यस्तै, महानगरले जिल्ला अदालत काठमाडौंसँग नक्सापासको प्रतिलिपि माग गरेको छ ।(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्