प्रचण्डले भने- ‘नागरिकता बिधेयकलाई राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही होइन’

sf7df8f}F, # ;fpg . k|wfgdGqL z]/axfb’/ b]pjfaf6 k|ltlglw;efsf] bf];|f] a}7sdf ;+ljwfgsf] wf/f &^ sf] pkwf/f -^_ adf]lhd cfkm”dfly k|ltlglw;efsf] ljZjf;sf] dtsf] nflu k|:tfj ug{‘ePkl5 cfOtaf/ dfcf]jfbL s]Gb|sftkm{af6 wf/0ff k|:t’t ug{‘x’Fb} cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/M /Tg >]i7, /f;;

नागरिकता विधेयकबारे एमालेले गलत ढंगले प्रचार गरेको पनि उनले बताए । नागरिकता विधेयक संसदमा ल्याउँदा राष्ट्रघाती भन्नु बेइमानी र अनैतिकताबाहेक अरु केही नभएको उनले बताए ।
‘विधेयकमा आमाबावु दुवै नेपाली नागरिक भएकाको छोराछोरीले नागरिकता पाउने कुरा मात्रै हो । झण्डै ६–७ लाख नेपाली आमाबाब दुवै नेपाली हुँदाहुँदै पनि नागरिकताबाट बञ्चित छन्,’ प्रचण्डले भने, ‘आमाबाबु दुवै नेपाली छन्, तिनका छोराछोरीले नागरिकता नपाएर अवसरबाट बञ्चित छन् । त्यो स्थिति अन्त्य गर्ने यो विधयेक हो ।’

