सोलुखुम्बुबाट वाईसीएलको सचिवमा हेमचन्द्र राई दुई केन्द्रीय सदस्यमा रश्विन र तमुना नियुक्त
केदार बस्नेत,काठमाडौं।नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग(वाईसीएल)को सचिवमा सोलुखुम्बुका हेमचन्द्र राई नियुक्त भएका छन् ।वाईसीएलको केन्द्रीय पदाधिकारीमा नियुक्त बन्ने हेमचन्द्र जिल्लाको पहिलो युवा नेता बनेका छन् ।

यस्तै जिल्लाले दुई केन्द्रीय सदस्य पनि पाएको छ।सांगठनिक परिपक्वता भएका दुई सदस्यहरुमा रश्विन मगर र तमुना राई रहेका छन् ।मगर वाईसीएल सोलुखुम्बुको संयोजक तथा राई थुलुङ दुधकोशी गाउँपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ राई दोस्रो स्थानीय तहको निर्वाचन बैशाख ३० मा सम्पन्न पालिकाको वडा नम्बर ९ लोखिमबाट महिला सदस्य बनेकी हुन् ।वाईसीएलको अध्यक्ष सुबोध सेर्पाली सर्वसम्मत बनेका छन् ।


