एमाले थुलुङदुधकोशीको छैटौं पूर्ण बैठक सम्पन्न
सोलुखुम्बु।नेकपा (एमाले) थुलुङ दुधकोशी गाउँ कमिटीको छैटौं विस्तारित बैठक सम्पन्न भएको छ । गाँउ कमिटी अध्यक्ष भूपालसिङ राईको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले नयाँ सचिवालयको गठन गर्दै संगठनात्मक सुदृढीकरणमा जोड दिने गरि भावी नयाँ कार्यनीति तथा योजना समेत तय गरेको छ ।

गत साउन २७ गते जिल्ला सचिवालयले जारी गरेको सर्कुलर अनुसार आगामी भदौ १२ गते तय भएको गाउँपालिकास्तरीय प्रशिक्षण कार्यक्रमलाई सफल पार्नका निम्ति विभिन्न जिम्मेवारीहरुको वाडफाँट समेत गरेको बैठकमा जिल्ला सचिवालय सदस्यद्वय श्याम कुमार राई,गोपाल घिमिरे लगायत अन्य जिल्ला कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो ।

