आज पनि बस्दै माओवादी केन्द्र स्थायी समितिको बैठक,पदाधिकारी टुंग्याउने कार्यसूची



काठमाडौं।नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज दिउँसो पनि बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने कार्यसूची छ ।

यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको बैठक निष्कर्षविहीन भएको थियो। शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो।

माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चुन्न सकेको छैन । माओवादीमा वर्षमान पुन र जनार्दन शर्माले महासचिव पदमा आकांक्षा राखेसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्ठ्यारोमा परेका छन् । पुन र शर्मा दुवै विश्वास पात्रले महासचिवमा आकांक्षा राखेपछि अध्यक्ष प्रचण्डले मध्यमार्गी बाटो अपनाउँदै देव गुरुङलाई महासचिव बनाउन चाहेको बुझिएको छ । यद्यपि, महासचिव कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष प्रचण्डले निर्णय लिन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्