खुम्बु पासाङल्हामु : वडा नं-४ मा ६ वटा टोल बिकास संस्था गठन



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु ।गाउँपालिकाका सबै वडाहरुका टोल र बस्ती समेटेर टोल बिकास संस्था गठन गर्ने क्रममा वडा नं ४ अन्तरगत विभिन्न ६ वटा टोल बिकास संस्था गठन गरिएको छ।

वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीको अध्यक्षतामा विभिन्न ठाउँमा सम्पन्न भेलाले ‘सगरमाथा’,’पलारिवा’ ‘खुन्दे’ ‘चोयु’ ‘खुम्बियुल्हा’ र ‘थामसेर्कु’ टोल बिकास संस्था गठन गरेको गाउँपालिका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए।

शेर्पाका अनुसार सोमबार सम्पन्न भेलाले गाउँपालिकाका पाङबोचे तेलिम,पाङबोचे वोलिम, स्योमारे, मिलिङ्गो, दिबुछे, त्याङबोछे र फुङ्गिठाङा टोलहरुलाई समेटेर ‘सगरमाथा’ र “पलारिवा” टोल बिकास संस्था गठन गरिएको हो।

‘सगरमाथा’ टोल बिकास संस्थाको अध्यक्षमा लोटक जाङबु शेर्पा उपाध्यक्षमा दोर्जी छिरीङ शेर्पा सचिवमा सोनम दोर्जी शेर्पा र कोषाध्यक्षमा श्रीमती ङिमा याङजी शेर्पा सह सचिवमा दावा छिरीङ शेर्पा र ‘पलरिवो’ टोल बिकास संस्थाको अध्यक्षमा फुटाशी शेर्पा,उपाध्यक्षमा फिन्जो दोर्जी शेर्पा,सचिवमा जाङबु शेर्पा,कोषाध्यक्षमा श्रीमति ङवाङ छम्जी शेर्पा,सह सचिवमा दोर्जी छेतेन शेर्पा रहेको उनले बताए ।

यस्तै,आइतबार फोर्चे, ठोरे, नाला, ठाङनाक, गोक्यो, फाङगा, मछेर्मो, लुजा, दोले र फोर्चे ठाङगा टोलहरुलाई समेटेर ‘चोयु’टोल बिकास संस्था गठन भएको छ ।संस्थाको अध्यक्षमा लाक्पा नुरू शेर्पा उपाध्यक्षमा पेम्बा रिता शेर्पा,सचिवमा सोनाम जाङबु शेर्पा,कोषाध्यक्षमा श्रीमति फुरा याङजी शेर्पा र सह सचिवमा कान्छा नुरू शेर्पा रहेको प्रबक्ता शेर्पाले जानकारी दिए।

यसैगरी, शनिबार सम्पन्न भेलाले मनिजुङ, युल्कीदिङ, पावालो, ङुलकी जुङ, गुम्बा टोल, गरोक, लुङबारग्याक) , क्याङजुमा, लैसासा, सानासा, मोङ ला र फुङ्गिठाङा टोलहरुलाई समेटेर गठन गरिएको ‘खुम्बियुल्हा’ टोल बिकास संस्थामाको अध्यक्षमा पासाङ छिरीङ शेर्पा,उपाध्यक्षमा श्रीमती मेन्दोक डोका शेर्पा,सचिवमा पेमा छोसाङ शेर्पा,कोषाध्यक्षमा श्रीमती मिङ्माकान्छी शेर्पा र सहसचिवमा सोनाम ग्याल्जेन शेर्पा तथा ‘थामसेर्कु’ टोल बिकास संस्थाको अध्यक्षमा पासाङ छिरीङ शेर्पा,उपाध्यक्षमा काल्देन डोमा शेर्पा,सचिवमा पासाङ नुरु शेर्पा,कोषाध्यक्षमा श्रीमति आङ फुटी शेर्पा र सह सचिवमा तेन्जिङ छोङी शेर्पा रहेका छन्।

त्यसैगरी, कार्यबाहक वडाध्यक्ष ङिमा याङजीन शेर्पाको अध्यक्षतामा शुक्रबार सम्पन्न भेलाले खुम्दे र स्याङ्बोचे टोललाई समेटी ‘खुन्दे’ टोल बिकास संस्था गठन भएको छ।
गाउँपालिका कार्यपालिका सदस्य एवं सुसाशन तथा संस्थागत बिकास समिति संयोजक ल्हाक्पा गेल्जेन शेर्पा र प्रवक्ता ल्हाक्पा छिरी शेर्पा लगायतको उपस्थितिमा गठित सो टोल बिकास संस्थाको अध्यक्षमा छेपाल दोर्जी शेर्पा,उपाध्यक्षमा फुर्वा ग्याल्जेन शेर्पा,सचिवमा ङिमा तेन्जिङ शेर्पा,कोषाध्यक्षमा श्रीमति ल्हाक्पा याङजी शेर्पा र सह सचिवमा श्रीमति फुरा याङ्जी शेर्पा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्