बिना सुझाव नागरिकता बिधेयक फर्काउने गठबन्धनको निर्णय



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता बिधेयक संसदमा पुगेको छ । यो पुगे लगत्तै बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बिधेयक फिर्ताको सन्देश प्रस्तुत गरेर सदनलाई जानकारी गराइएको छ । संघीय संसदका सचिव गोपालनाथ योगीले यस्तो सन्देश पढेर सुनाएका थिए ।

यसलाई अगाडि बढाउने विषयका सन्दर्भमा दलहरुबीच के गर्ने भन्ने विषयमा मंगलबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रपतिबाट प्राप्त सुझाव र सन्देशलाई नसमेटी प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ ।

संसदमा प्रमुख प्रतिपक्ष दल एमालेले भने गबन्धनको सो निर्णय दुर्भाग्यपूर्ण हुने प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस्