सोलुखुम्बुमा घरेलु हिंसाको मुख्य कारण मदिरा सेवन : प्रनाउ शाह
सोलुखुम्बु।सोलुखुम्बु जिल्लामा दुई आर्थिक वर्षमा बराबर संख्यामा घरेलु हिंसा विरुद्धको उजूरी परेका छन ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/०७८ मा र ०७८/०७९ मा बराबर संख्यामा उजूरी परेको हो ।आर्थिक वर्ष २०७७/०७८ मा र ०७८/०७९ मा ३०/३० वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक रहेको छ ।
जिल्लामा घरेलु हिंसा अन्तर्गत आर्थिक, मानसिक, यौनजन्य कारण र सामाजिक कारण गरि चार प्रकृतिको उजूरी दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक सुनिल जंग शाहले बताउनुभयो ।
प्रनाउ शाहले सोलुखुम्बु जिल्लाको हकमा घरेलु हिंसाको मूख्य कारक मदिरा सेवन भएको बताउनुभएको छ । घरेलु हिंसा विरुद्ध उजुरीको दर्ता भएको संख्यालाई बढेको मान्नु भन्दा पनि सचेतना, जागरणका कारण उजुरी गर्नेको संख्या बढेको बताउनुभयो । उहाँले हिंसा तथा दुर्घटना शून्यमा पुर्याउन नसकिने भन्दै न्यूनिकरणका लागि भने व्यत्ति, समाज साथै सञ्चार माध्यमहरुले भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभएको छ ।(सोलु एफएम)

