अध्यक्ष लिङदेनको नेतृत्वमा बनायो राप्रपाले निर्बाचन परिचालन समिति
काठमाडौ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनमा विभिन्न राजनीतिक दलसँग गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी लिन पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

अध्यक्ष लिङदेनकै अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले पार्टी अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन समिति र संसदीय समिति गठन समेत गरेको छ।
राप्रपाले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि घोषणापत्र तयारीका लागि प्राडा गीताभक्त जोशीको संयोजकत्वमा सगुनसुन्दर लावती, रमानन्द न्यौपाने, प्राडा जयन्तनाथ खनाल र सह प्राध्यापक हेमराज कार्की रहेको समिति गठन गरेको छ।

