दोहोरो नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष सुनुवार पक्राउ



रामेछाप।रामेछाप उमाकुण्ड ४ का वडाध्यक्ष मानबहादुर सुनुवार पक्राउ परेका छन्।

रामेछाप प्रीतिकी निर्मला बस्नेतलाई जन्ममिति समेत परिवर्तन गरी जन्म दर्ता गराउन र दोहोरो नागरिकता लिन सिफारिस दिएका कारण वडाध्यक्ष सुनुवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सिफारिस लिने निर्मला बस्नेत, जन्म दर्ता गराउन सहयोग गर्ने उनकी आमा दिलकुमारी बस्नेत र वडा सचिव पदमकुमारी बस्नेतलाई यसअघि नै पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालले जानकारी दिए।

प्रहरीले पक्राउ गरेका चारै जनाविरुद्ध दोहोरो जन्मदर्ता बनाई दोहोरो नागरिकता लिन लागेको कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्