थुलुङ दुधकोशीमा एमालेको नेतृत्व परिवर्तन, भूपाल सिङलाई अध्यक्षको जिम्मेवारी
सोलुखुम्बु।नेपाल कम्युनिस्ट पार्टी (एमाले) थुलुङ दुधकोशी गाउँपालिका कमिटीको अध्यक्षको जिम्मेवारी जिल्ला कमिटी सदस्य भूपालसिं राईलाई दिइएको छ।

नेकपा (एमाले) केन्द्रीय कमिटीका सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज मानवीर राईको प्रमुख आतिथ्यतामा जिल्ला पार्टी कार्यालय सल्लेरीमा सम्पन्न थुलुङ दुधकोशी गाउँ कमिटीको पाँचौं बैठकले निबर्तमान अध्यक्ष उदयनारायण बस्नेतलाई इन्चार्जमा बढुवा गर्दै अध्यक्षको जिम्मेवारी राईलाई दिएको हो।
प्रदेश कमिटी सचिवालय सदस्यद्वय महेश किराँंती र उत्तम कुमार बस्नेत जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला, सचिव आशकुमार राई ‘शिशिर’ लगायत नेताहरुको उपस्थितिमा सम्पन्न बैठकद्वारा राईको अध्यक्षतामा गठित गाउँपालिका कमिटीको सह-इन्चार्ज नन्दराज गुरुङ छन् ।
कमिटीको उपाध्यक्षमा प्रवीता राई,सचिबमा चतुरमान तामाङ र
उप – सचिवद्वयमा ङवाङ तेन्जि शेर्पा र हरिकाजी बस्नेत रहेको नेकपा एमाले थुलुङ दुधकोशीले जनाएको छ।पदाधिकारी परिवर्तन गरिए पनि सदस्यहरु भने यथावत रहेको अध्यक्ष राईले जानकारी दिए।
नवगठित समितिको अनौपचारिक बैठक बसेर भोलि संगठन निर्माण सम्बन्धी कार्ययोजना निर्माण गरिने उनले बताए।गाउँपालिकामा पार्टी संगठनलाई चलायमान बनाउन ठोस योजनाका साथ अघि बढ्नुको विकल्प नरहेको अध्यक्ष राईको भनाई छ।

