काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला



Dead Body concept.

काठमाडाैं।काठमाडौंको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ । श्रीमान् दिनेश पाण्डे र श्रीमती सुनितासहित दुई जना छोराछोरीको शव फेला परेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार केशव पाण्डे झुन्डिएको अवस्थामा फेला पर्नुभएको छ भने अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको छ ।घरमूली दिनेश पाण्डेकी श्रीमती सुनिता, छोरा र छोरी गरी तीन जनाको शव एउटा कोठामा भेटिएको छ भने दिनेशको शव फरक कोठामा झुन्डिएको अवस्थामा छ ।

घटनामा प्रयोग भएको एउटा चक्कु भेटिएको छ । यस्तै चार पेज लामो ‘सुसाइड नोट’ पनि भेटिएको प्रहरीले जनाएको छ । आज बिहान स्कुल जाने बेलामा एक जना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

घटनाको अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्