उपेन्द्र समूहले गर्‍यो बाबुरामसहित ९ नेतालाई पार्टीबाट निष्कासन



काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव पक्षले डा.बाबुराम भट्टराईसहितका नौ जना नेतालाई निष्काशित गरेको छ । यादव पक्षको वीरगञ्जमा बसेको केन्द्रीय समिति बैठकले संघीय परिषद् अध्यक्षबाट भट्टराईलाई हटाएर अशोक राईलाई चयन गरेको एक नेताले जानकारी दिए ।

निष्कासनमा परेका नेतामा गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, महेन्द्रराय यादव, हिसिला यमी, भक्तबहादुर शाह, दानबहादुर चौधरी, रमेश यादव, दुर्गा सोब रहेका छन् । बैठकमा नगएको भट्टराई पक्षले भने काठमाडौंमा भेला गरेर पार्टी पुनर्गठनको निर्णय गरिसकेको छ ।

२०७७ वैशाख ११ मा तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबिच एकीकरण भई जसपा नेपाल बनेको थियो । २०७७ कात्तिक ०४ गते संघीय परिषद् अध्यक्षमा भट्टराई चयन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्