संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई डा.कोइरालाको आग्रह



काठमाडाै। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ।

पार्टी मुख्यालय सानेपामा सन्चारकर्मीसंग कुरा गर्दै नेता कोइरालाले सरकारले राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने बताउनुभएको हो । उहाँले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै त्याे विधेयक लैजानु नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ओलीजीकाे पालामा संवैधानिक परिषद्सम्बन्धी विधेयक ल्याउँदा कांग्रेसले यो गलत प्रक्रिया हो, याे ल्याउनु हुँदैन भनेकाे थियाे । आज फेरि आफैँले ल्याउन मिल्दैन ।’

नेता काेइरालाले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्न नहुने पनि बताउनुभयो । सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने उहाँकाे भनाइ छ ।

हिजाे आइतवार प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्