सोलुखुम्बु ५८ औं साक्षर जिल्ला घोषित,अब १९ जिल्लालाई साक्षर घोषणा गर्न बाकी




केदार बस्नेत।सोलुखुम्बुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । साक्षर नेपाल, समृद्धिको आधार, साक्षर सोलुखुम्बु हाम्रो गौरव, हामी सबैको प्रणः सार्बजनिक शिक्षा प्रणालीको सबलिकरण भन्ने नाराका साथ साक्षरता जिल्ला घोषणा गरिएको हो।

आज सदरमुकाम सल्लेरीमा एक कार्यक्रमका बीच सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई “सुरबिरले”जिल्ला साक्षर भएको घोषणा गर्नुभएको हो।सांसद राईले अबको साक्षरता भनेको आधुनिक दुनिया,र प्रबिधिसँग प्रतिस्पर्धा गर्ने खालको हुनुपर्ने बताउनुभएको छ। शिक्षा क्षेत्रबाट सोचेजस्तो परिणाम नआएकोमा राईले दुख व्यक्त गर्नुभयो।शिक्षक,अभिभावक तथा राजनितिक कर्मीहरु शिक्षाको उन्नयनका लागि सधैं लागि परिनै रहनुपर्ने धारणा राख्नुभयो।कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सतारुढ दल माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएका राईले सरकारले शिक्षाको क्षेत्रमा बर्षेनि करोडौ रकम लगानी गरेपनि उपलब्धि सन्तोषजनक नभएको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दे एमाले प्रदेश नम्बर १ का प्रदेश सांसद तथा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले शिक्षा क्षेत्रमा बढी भन्दा बढी विकास गर्न सबै पक्ष एक भएर लाग्नुपर्ने धारणा राख्नुभयो।प्रमुख सचेतक राजभण्डारीले सोलुखुम्बु जिल्लालाई साक्षरता घोषणा गरेर मात्र नपुग्ने भन्दै सबै शिक्षित बन्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै सोलुदुधकुण्ड नगरपालिकाका मेयर एवं नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाले जिल्लालाई साक्षरता घोषणा मापदण्ड पुरा भएरै हो या दवावमा परेर हो साक्षतरता घोषणा भएको भनि प्रश्न गर्नुभयो। मेयर शेर्पाले बिधार्थीहरुको भविस्यप्रति शिक्षण गर्नेहरु गैरजिम्मेवार भएको समेत आरोप लगाउनुभयो।कार्यक्रममा जिसस प्रमुख कृष्णप्रसाद निरौला नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष तथा नेचासल्यान गाउँपलिकाका निवर्तमान अध्यक्ष डुफकुमार बास्तोला एवं अन्य शैक्षिक क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

८ स्थानीय तह रहेको सोलुखुम्बुमा १५ देखि ६० बर्ष उमेर समुहको ९६.७३ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षर घोषणा गरिएको हो समन्वय ईकाई सोलुखुम्बुले जनाएको छ।कार्यक्रम शिक्षा विकास समन्वय ईकाई समिती सोलुखुम्बु र जिल्ला समन्वय समिती सोलुखुम्बुको आयोजनामा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्