राहत शिक्षकले गर्‍यो नवनिर्बाचित तीन जनप्रतिनिधिलाई सम्मान



खगिन्द्रराज बास्तोला,इटहरी।नेपाल राहत शिक्षक प्रदेश नं. १ समितिले शनिबार इटहरीमा पूर्व राहत शिक्षकमा कार्यरत तीन जना जनप्रतिनिधिलाई सम्मान गरेको छ । राहत शिक्षक पेशालाई छोडेर स्थानीय निर्वाचनमा बिजय हासिल गरेका देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादव, इटहरी उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष उमेश सुवेदी र मिक्लाजुङ गाउँपालिका वडा नं. १ मोरङका वडा अध्यक्ष पर्वत राई रहेका छन् ।

बैशाखमा सप्पन्न दोस्रो स्थानीय निर्वाचनबाट निर्वाचित पूर्व राहत शिक्षकहरुलाई प्रदेश अध्यक्ष गुरु अधिकारी, केन्द्रीय सचिबद्वय डि पि ढुङ्गेल र हरेराम यादव तथा मधेस प्रदेशका अध्यक्ष गङ्गा प्रसाद यादवले सम्मानपत्रका साथ खादा र अबिर लगाएर सम्मान गरेका हुन् ।नेपाल राह्त शिक्षक प्रदेश समिति अध्यक्ष गुरु अधिकारीको संयोजकत्वमा १५ सदस्यीय सचिवालय समिति गठन गरिएको छ भने बैठकले प्रदेश समितिमा चारजना राहत शिक्षकहरुलाई प्रदेश समितिमा मनोनित गरेको छ ।

मनोनित हुनेहरुमा सुरेश बास्तोला, मन्दिरा कार्की, मिनु न्यौपाने र केदार खनाल रहेका छन् । इटहरीको कबिर मा. वि. मा भएको उक्त पूर्ण बैठकले केन्द्रीय समितिलाई आन्दोलनका कार्यक्रम यथाशीघ्र घोषणा गरी ४० हजार राहत शिक्षकको उचित व्यवस्थापनमा लाग्न अनुरोध गर्ने निर्णय गरी भावी रणनीति समेत तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्