संयोजकबाट आफुलाई हटाइएको घोषणापछि बामदेवले लिए यस्तो एक्सन
काठमाडौं। नेकपा राष्ट्रिय एकता अभियानको संयोजकबाट आफूलाई निष्कासन गरेको घोषणा गर्ने पांच जनालाई संयोजक वामदेव गौतमले कारबाही गरेका छन् ।

सचिवालय सदस्य युवराज सफलसहित आफूलाई पार्टीबाट निष्कासित गरेको विज्ञप्ति निकाल्ने पाँच जनालाई गौतमले जवाफी कारबाही गरेका हुन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकले चार दलका पाँच नेतालाई निष्कासित गर्ने निर्णय गरेको हो ।
शनिबार अभियानमा आवद्ध हामी समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टीका नेताहरूले संयोजक गौतमलाई निष्कासित गरेको भन्दै विज्ञप्ति निकालेका थिए । उनीहरूले गौतममाथि पाँचबुँदे आरोपसमेत लगाएका थिए ।

