महाकुलुङ प्राथमिक अस्पताललाई भारतीय दूतावासले उपलब्ध गरायो एम्बुलेन्स



काठमाडौं। सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकास्थित महाकुलुङ प्राथमिक अस्पताललाई भारतीय राजदूताबासले एम्बुलेन्स उपलब्ध गराएको छ ।

भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई एम्बुलेन्स तथा बस उपलब्ध गराउने क्रममा नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको समुपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुलुङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन्।

सो अवसरमा महाकुलुङ प्राथमिक अस्पतालसंगै अन्य ७४ संस्थालाई एम्बुलेन्स र १७ वटा विद्यालयहरुलाई विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको थियो।

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको मन्त्री पौडेलले प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सदैव बलियो बनाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्