एक हप्ता पनि टिकेन नेकपा एकता राष्ट्रिय अभियान,बामदेव गौतम संयोजकबाट निष्काशित!
काठमाडौं।पार्टी घोषणा भएको एक हप्ता नबित्दै नेकपा एकता राष्ट्रिय अभियानमा विवाद देखिएको छ ।

विवादकै बीच एक पक्षले संयोजक बामदेव गौतमलाई निष्कासित गरेको छ भने केन्द्रीय समितिसमेत भंग गरेको छ ।
शनिवार सतुंगलमा बसेको अभियानमा आबद्ध चार दलको बैठकले विभिन्न आरोप लगाउँदै संयोजक गौतमलाई निष्कासन गरेको हो ।
आम नेपाली पार्टी, नेकपा (राष्ट्रवादी), आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपालका शीर्ष नेताहरूको संयुक्त बैठकले नयाँ केन्द्रीय समिति समेत चयन गरेको छ ।

