गुरु पूर्णिमाका अवसरमा प्याब्सकले शिक्षक सम्मान गर्ने
काठमाडौं।निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)ले गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान कार्यक्रम गर्ने भएको छ ।

विगत बर्षहरुमा जस्तै यसपालि पनि यही असार २९ गते प्याब्सक अन्तर्गतका विद्यालयहरुमा शिक्षण गरिरहेका शिक्षक शिक्षिकाहरुलाई गुरु पूर्णीमाका अवसरमा एक बिशेष समारोहको आयोजना गरी सम्मान गर्न लागिएको प्याब्सकले जनाएको छ ।
सो कार्यक्रमलाई चाबहिलस्थित आदिम नेसनल कलेजले मूख्य प्रायोजन गर्ने भएको छ भने चावहिलकै मनास्लु वर्ल्ड, भीएस कलेज र पुष्पलाल मेमोरियल कलेजको पनि प्रायोजन र सहयोग रहने आयोजकको भनाई छ ।
कार्यक्रम संयोजक समीर बास्तोलाका अनुसार कार्यक्रम गुरुहरुप्रति समर्पित हुनेछ । शिक्षणजस्तो सम्मानित पेशामा कार्यरत व्यक्तिहरुलाई यसरी सम्मान गर्नुको विशेष अर्थ रहने र शिक्षक शिक्षिकाहरुमाझ यसले उत्प्रेरणा जगाउँदै एउटा नयाँ उर्जा दिनेछ भन्ने उहाँको विश्वास रहेको छ ।
कार्यक्रममा प्याब्सक सदस्य विद्यालयहरुले सिफारिस गरेका एक–एक जना शिक्षक वा शिक्षिकालाई सम्मान पत्र प्रदान गर्दै रात्री भोजको समेत आयोजना गरिने आयोजक कमिटीका सचिव दिवेश खत्रीले जनाउनुभयो ।

