सोलुखुम्बु : सल्लेरीमा म्याद गुज्रिएका खाद्य सामाग्री छ्याप्छ्याप्ति



गार्डेन राई,सोलुखुम्बु।जिल्ला सदरमुकाम सल्लेरीका कतिपय पसलेहरुले म्याद गुज्रिएका खाद्य सामाग्री बिक्रि बितरण गर्ने गरेको पाईएको छ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको संयोजकत्वमा बिहिवार गरिएको बजार अनुगमनका क्रममा त्यस्ता सामाग्रीहरु बिक्री बितरण हुने गरेको पाईएको हो।फाप्लु र जेरो पोइन्टका १२ वटा पसलको अनुगमणका क्रममा झण्डै एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भटराईले जानकारी दिइन।

सहायक प्रजिअ भट्टराईका अनुसार जफत गरिएका खाद्य सामाग्रीहरुमा बिस्कुट, चाउचाउ, चकलेट, हर्लीक्स लगायत रहेका छन्। अनुगमणका क्रममा कस्मेटिक्सका सामाग्रीहरु समेत जफत गरिएको उनको भनाई छ।जफत गरिएको अखाद्य सामाग्रीहरु आजै डिस्पोज गरिएको छ ।

बजार अनुगमनमा घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी साथै नगर प्रहरीका प्रतिनिधि समेत सहभागी थिए।सो अवसरमा भट्टराईले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खाद्य सामाग्रीहरु बिक्रि बितरण गर्न ब्यबसायीहरुलाई निर्देशन दिएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्