पत्रकार महासंघ सोलुको भवन निर्माणका लागि पहल गर्ने पूर्वराज्यमन्त्री बस्नेतको प्रतिबद्धता
सोलुखुम्बु ।पूर्वराज्यमन्त्रीसमेत रहेका सोलुखुम्बु प्रदेश क का सांसद उत्तम कुमार बस्नेतले जिल्लामा पत्रकार महासंघको भवन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाद्वारा नवनिर्बाचित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई सम्मान गर्न सोमबार सल्लेरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बस्नेतले जिल्लामा महासंघको भवन निर्माणका लागि प्रदेश सरकारबाट अनुदान दिने व्यवस्था रहेको जानकारी दिंदै भवन निर्माणका लागि आफुले सक्दो पहल गर्ने बताउनुभएको हो ।
समाजको चेतना साथै मूल्य र मान्यतालाई सहि मार्गमा लैजानका लागि पत्रकारको भूमिका अहम् हुने धारणा राख्दै बस्नेतले कर्तव्यनिष्ठ भएर काम गर्न जिल्लामा क्रियाशील पत्रकारहरुलाई आग्रह गर्नुभयो । । हुने भन्दै सत्य कुराको उठानमा ध्यान दिनका लागि आग्रह गर्नुभयो ।
विभिन्न निकायले गरेका कुकर्मलाई ढाकछोप गर्नका लागि पत्रकारलाई प्रयोग गर्ने र पत्रकार आफैँ पनि प्रयोग हुने सिलसिला बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै वहाँले यस्ता कुराहरूको न्यूनीकरणका लागि महासंघलाई प्रभावकारी भूमिका निर्बाह गर्न आग्रह गर्नुभयो ।

