नागरिक अगुवाहरुको निष्कर्ष : एसपीपी मुलुकको अस्तित्वका लागि अत्यन्त खतरनाक



काठमाडौं।नागरिक अगुवाहरुले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)बारे राष्ट्रिय एकता निर्माण गरेर यसलाई सम्पूर्ण रूपमा खारेज गर्न आव्हान गरेका छन्। 

शुक्रबार विज्ञप्ती जारी गर्दै उनीहरुले एक अर्कामा आरोप-प्रत्यारोप  गर्नुको सट्टा एक जुट भएर यसलाई खारेज गर्न लाग्नुपर्नेमा जोड दिएका हुन्। 

“यतिखेर आरोप प्रत्यारोप गरिरहने समय होइन, एसपीपी विरुद्ध राष्ट्रिय एकता निर्माण गर्ने र यसलाई सम्पूर्ण रुपमा खारेज गर्ने बेला हो”, विज्ञप्तीमा भनिएको छ, “अतः सम्पूर्ण देशभक्त नेपालीहरू,  नेपाल सरकार, सबै तहका जनप्रतिनिधिहरू, राजनीतिक दलहरू र नेपाली सेनालाई एकजुुट भएर राष्ट्रको हितमा किमार्थ नरहेको यो एसपीपी सैनिक सहकार्यको प्रस्तावलाई  सदाको  लागि इन्कार एवम् बिदाइ गर्न  हामी देसका सचेत देसभक्त नागरिकहरु  हार्दिक आह्वान गर्दछौँ।” 

पचास करोड डलर सैनिक सहायता आउने प्रलोभनमा परेर राष्ट्रको अस्तित्वका लागि अत्यन्त खतरनाक र घातक  हुने एसपीपी सैनिक सहकार्य  सहभागी हुन नहुनेमा उनीहरुको निश्कर्ष छ। 

विज्ञप्ती जारी गर्नेहरुमा श्याम श्रेष्ठ, लोककृष्ण भट्टराई, डा. शरद वन्त, निनु चापागाइं, साध्यबहादुर भण्डारी, रुक्म लामिछाने, रामराज रेग्मी, अनिता पण्डित, महादीप पोखरेल, शम्भु कटेल, नीमकान्त पान्डे, भुवन फुँयाल, डी बी नेपाली, रामचन्द्र बानियाँ, मीनराज गुरुङ, उत्तमकुमार शाह, नीमबहाुर थापा, लक्ष्मण उप्रेती, मुकुन्द आचार्य, लेखनाथ न्यौपाने, अच्युतराज ज्ञवाली, लेखराज रेग्मी, अमर शाह, एकलाल श्रेष्ठ,नीलकण्ठ तिवारी, भरत शर्मा बस्याल, प्रमोद धिताल,अभय श्रेष्ठ, मनोज खतिवडा, मोहन खतिवडा, यादव देवकोटा, राजन तिमल्सिना, ज्योतिलाल वन, राजु कार्की, अमृत अधिकारी, आजाद खड्का, हेमन्त सेंढाई, रघु घिमिरे, कलाधर पौडेल, सुवास देवकोटा, रमेश शर्मा अधिकारी, मणि थापा, श्रीधर अधिकारी, लोकनारायण सुवेदी, अजीव पौडेल, सुरेश कार्की,  मोहनबहादुर केसी, चन्दा थापा, मीना शर्मा, सन्देश अर्याल र नारायण शर्मा छन्। 

प्रतिक्रिया दिनुहोस्