दुर्गा प्रसाईले पाए सुनको लौरो उपहार
काठमाडौं।बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार पाएका छन् ।

तीनदिने भ्रमणका क्रममा नेपाल आएका दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले उनलाई सुनको लौरो उपहार दिएका हुन्।
राजकुमार शेख मोहम्मद माक्तुम शनिवार श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत झापाको चन्द्रगढी विमानस्थल अवतरण गरेका थिए।
उक्त सुनको लौरो कति मूल्यको भन्ने अहिले खुलेको छैन । दुबईका राजकुमारलाई स्वागत गर्न प्रसाईसहितको टोली विमानस्थल पुगेको थियो ।
उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटसिटिस्क्यान उपकरणको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । दुबईका राजकुमारले नेपालमा रहदा काठमाडौं र पोखराका विभिन्न स्थानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

