जंगली च्याउको तरकारी खाँदा ओखलढुंगामा एकै परिवारका दुई जनाको मृत्यु



ओखलढुंगा ।जंगलबाट ल्याएको च्याउ तरकारी पकाएर खाँदा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा एकै घरका दुई जनाको मंगलबार मृत्यु भएको छ।

मृत्युु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछाने छन्।ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको हो भने मनमायाको महाराजगञ्जमा रहेको टिचिङ अस्पतालमा मृत्यु भएको हो।

मृतक ढककुमारीका पति २७ वर्षीय राजन विष्ट, हजुरआमा मनमाया विष्ट र ढककुमारी र राजनका तीन वर्षीया छोरी सरिस्मा विष्टलाई ओखलढुंगामा सामान्य उपचार गरी थप उपचारका लागि मंगलबारै हेलिकप्टरबाट काठमाडौं लगिएको थियो।

मनमायाको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्