हप्ता दिनसम्ममा काठमाडौंको फोहोर उठिसक्ने मेयर शाहको भनाई
काठमाडौं। काठमाडौं महानगरपालिका मेयर बालेन शाहले काठमाडौंमा थुप्रिएको फोहोर अर्को हप्तासम्म उठिसक्ने बताएका छन्। फोहोर उठिसकेपछि अरु प्रक्रिया सुरु हुने उनले बताए।

आइतबार बसेको दोस्रो कार्यपालिका बैठकमा उनले यो समस्या समन्वय र अनुगमन नभएर देखिएको भन्दै समस्या र समाधान दुवै खोजिनुपर्ने बताए।
मेयर शाहले ढल जाम हुन नदिन त्यहाँसम्म पानी नै पुग्न नदिने उपाय गर्नुपर्ने बताए। सडक बनाउँदा छोपेर गर्ने र सडकमा निर्माण सामग्री थुपार्ने कार्य रोक्नुपर्ने उनको भनाइ छ।

