प्रधानसेनापति शर्मा र जापानी राजदूतको किकुटाबीच भेटवार्ता
डिल्ली शर्मा,काठमाडौ।प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको छ।
सेनाले यस किसिमको भेटघाटले दुई मुलुकबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छ।

