घरनजिकै जलाइयो एकल महिला,अनुसन्धानका लागि दुईजना पक्राउ



काठमाडौं।दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलमा एक जना महिलाको शव जलाइएको अवस्थामा भेटिएको छ।

घरनजिकै जलेको अवस्थामा बुधवार बिहान ४५ वर्षीया अनिभा खडायतको शव भेटिएको प्रहरीले जनाएको छ ।घटनाको प्रकृति हेर्दा हत्यापछि शव जलाइएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

घटनाको अनुसन्धानका लागि दुईजना स्थानीयलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए ।

‘सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएका छौँ। अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ,’ उनले भने, ‘अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्