४ करोड रुपैयाँसहित नागढुंगाबाट पांच जना पक्राउ



काठमाडौं।काठमाडौंको नागढुंगाबाट झण्डै ४ करोड रूपैयाँसहित ५ जना पक्राउ परेका छन्। ती मध्ये चार जना चिनियाँ नागरिक हुन्।

उनीहरुको साथमा ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको काठमाडौं परिसरले जनाएको छ।

पक्राउ परेका नेपाली नुवाकोटको विदुर नगरपालिका ८ का फुलबहादुर गुरुङ हुन्। नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा उक्त रकमसहित फेला पारेको हो।

कारको डिकीमा बोरामा लुकाएर ल्याएको अवस्थामा रकम बरामद भएको हो। पक्राउ परेका गुरुङ कार चालक हुन्।

प्रतिक्रिया दिनुहोस्