सस्तोमा सुन दिने बहानामा प्रहरी हवल्दारले नै लुटे ३५ लाख



काठमाडौं।काठमाडौंको लैनचौरमा सस्तोमा सुन दिने बाहनामा ३५ लाख लुटपाट गरेको अभियोगमा प्रहरी वृत मालीगाउँका हवल्दार शालिकराम नेपाली पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार सो घटनामा नेपाली सहित अर्को एक जनासमेत पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोटका पेम्बा तामाङ रहेको उनले बताए। तर उनी प्रहरी अधिकारी भए नभएको अनुसन्धान भइरहेको छ।

अहिले उनीहरुलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्