दुई दिने सार्वजनिक विदाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर,मंगलबारलाई तोकियो पेसी



काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सोमबार दुई दिन सरकारी बिदा दिने निर्णय खारेजीको माग गर्दै अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाह, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, तेजबहादुर लोहनी र दीपक खनालले रिट दर्ता गराएका हुन् ।

मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै दायर
उक्त रिटको भोलि (मंगलबार) का लागि पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

उनीहरुले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।

मन्त्रिपरिषदको बैठक २६ गतेको निर्णय अनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्