पार्टी कार्यालय खरिद गर्न प्रत्येक सदस्यबाट एक सय रुपैयाँ उठाउने माओवादी केन्द्रको निर्णय



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले काठमाडौंको कोटेश्वरस्थित केन्द्रीय कार्यालय रहेको जग्गा किन्न र पार्टी कार्यालय व्यवस्थित गर्न प्रत्येक सदस्यबाट १०० रुपैयाँ उठाउने भएको छ । आइतबार बिहान बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।

माओवादीको केन्द्रीय कार्यालय रहेको जग्गा नै किन्ने र कार्यालय व्यवस्थित गर्ने योजनाअनुसार रकम संकलन गर्न लागिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको बैठकमा सहभागी नेता खगराज भट्टका अनुसार एक महिनाभित्र प्रत्येक सदस्यले न्यूनतम १०० रुपैयाँ पार्टीलाई बुझाउनु पर्ने छ।

प्रतिक्रिया दिनुहोस्