सेयर लगानीकर्ताहरु आन्दोलित : शान्तिपूर्णप्रदर्शनदेखि आमरण अनशनसम्मका कार्यक्रम गर्दै
काठमाडौं।सरकारले पुंजीबजारको सुधार र बिस्तारका लागि चासो नदिएको भन्दै सेयर लगानीकर्ताहरु आन्दोलित हुने भएका छन् ।

सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै १९ बुंदे माग राख्दै असार १ गतेदेखि आमरण अनशन बस्नेसहित लगानीकर्ताहरुले शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
काठमाडौको भृकुटीमण्डपमा जेठ २१ गते भएको एक सय जना भन्दा बढी सेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिस्तारका लागि दबाबमुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको थियो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत सोमबार पूँजी बजारको नियामक निकाय धितोपत्रबमाा कालोपट्टीसहित प्रदर्शन गरिने भएको छ। यसैगरी, जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग् छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो ब्यानरसहित जुलुस गर्ने र ९ गतेपूँजी बजारका बिज्ञहरुसहित बृहत छलफल गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

