नेचासल्यान : उपाध्यक्ष राईको नेतृत्वमा गरियो बजार क्षेत्रको सफाई, हरेक शनिबार निरन्तरता दिइने



सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको केन्द्र रहेको नेचा बिहिबारे बजार क्षेत्रको सरसफाइ गरिएको छ।

गाउँपालिकाको वडा नं ३ को आयोजनामा गत हप्ताबाट सुरु गरिएको अभियानलाई आज (शनिबार)पनि निरन्तरता दिइएको हो।गाउँपालिका उपाध्यक्ष बिना राईको नेतृत्वमा सुरु गरिएको सरसफाइ अभियानका क्रममा गाउँपालिकाको प्रशासनिक भवनदेखी त्रिबेणी चोकसम्म फोहोर संकलन गरिएको थियो।सरसफाइमा संलग्नहरुलाई सुआहाराले निशुल्क मास्क बितरण गरेको स्थानीय कार्यक्रम संयोजक सीता फुयालले जानकारी दिईन।

सरसफाइ कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा,बजार ब्यबस्थापन समिति, सुरक्षाकर्मी र स्थानीय सरोकारवालाहरुको सहभागीता रहेको थियो । यो कार्यक्रमलाई हरेक शनिबार निरन्तरता दिइने गाउँपालिका ३ नं वडाका वडाध्यक्ष सिताराम भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्