राप्रपाले गर्यो प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्बाचन प्रणालीको माग
काठमाडौं।राप्रपाले पार्टी भित्र मात्र नभई स्वतन्त्र भूमिकामा या अन्य दलमा रहेकाहरुको लोकप्रीयता र क्षमतालाई हेरेर उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्बाचनमा उम्मेदवार बन्नका लागि सार्बजनिक आव्हान गर्ने निर्णय गर्दै सो पार्टीले फरक ढंगले उम्मेदवार छनौट गर्ने रणनीति अघि सारेको हो।उसले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरुपको प्रस्ताव पनि गरेको छ ।
काभ्रेको धुलिखेलमा बुधबार र बिहीबार दुई लिन चलेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्थाको प्रस्ताव गरेको राप्रपाले जनाएको छ।पूर्ण समानुपातिका निर्वाचन प्रणाली लागु गर्नुपर्ने र तीन तहको संघीयता खारेज गरेर केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने बैठकले ठहर गरेको छ । यसलाई आगामी निर्वाचनमा पार्टीले जोडदार रूपमा अघि बढाउने जानकारी दिए ।
७ असारदेखि तीन दिन चल्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ भने केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णय अनुसार कार्ययोजना निर्माण गरी अध्यक्षबाट स्वीकृत गराई कार्यान्वयन गर्न सचिवालयलाई जिम्मेवारी दिनेछ ।

