उदयपुरको त्रियुगाको नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी



उदयपुर।उदयपुरको त्रियुगा नगर प्रमुखमा नेपाली कांग्रेसका वसन्तकुमार बस्‍नेत र उपप्रमुखमा नेकपा एमालेकी महेश्‍वरी राई निर्वाचित भएका छन्।

सोमबार सार्वजनिक मत परिणामअनुसार बस्‍नेत १३ हजार ९ सय ५९ र राई १३ हजार ७ सय ३ मत प्राप्त गर्दै मेयर र उपमेयरमा निर्वाचित भएका हुन्।

बस्‍नेतका निटकतम प्रतिद्वन्द्वी एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत पाउँदा उपमेयरमा राईकी निटकटम प्रतिद्वन्द्वी सरिता राईले ११ हजार ९ सय ८१ मत पाएकी छिन्।

नेकपा माओवादीसँग गठबन्धन गरेर मेयरमा उठेका नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ९ हजार १ सय ४७ मत पाएका छन् भने उपमेयरकी प्रत्यासी माओवादीकी गीता खड्का कार्कीले ६ हजार ५ सय ६८ मत पाएकी छिन्।

गठबन्धन नगरी एक्लै लडेको कांग्रेस १६ मध्ये ९ वडामा कब्जा जमाउन सफल भएको छ। एमालेले ४ र माओवादीले ३ वडाध्यक्षमा जित हात पारेका छन्।

कांग्रेसले १, ३, ४, ५, ८, ९, ११, १२ र १३ नम्बर वडामा र एमालेले २, ६, ७ र १० मा वडाध्यक्ष जितेका मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले जनाएको छ। माओवादीले १४, १५ र १६ नं. मा प्यानलै जितेको छ।

प्रतिक्रिया दिनुहोस्