संसदमा आजबाट बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुंदै
काठमाडौं। आगामी आर्थिक वर्षको बजेटमाथि आजदेखि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल शुरु हुने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका कथिए। सरकारले आगामी वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ।
त्यसमाथि आजदेखि सैद्धान्तिक छलफल हुने कार्यसूची तयार गरिएको संसद् सचिवालयले जनाएको छ। तीन दिन छलफल गर्ने समय तोकिएको छ।
त्यसपछि सांसदले उठाएका प्रश्नमाथि अर्थमन्त्री शर्माले जवाफ दिनेछन्। अनि मात्रै बजेट पारित हुनेछ।
यसका आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

