माप्यदुधकोशी गाउँ कार्यपालिकामा अध्यक्ष बुद्धिकिरणको पक्षमा स्पष्ट बहुमत
सोलुखुम्बु।सोलुखुम्बुको माप्यदुधकोशी कार्यपालिकामा अध्यक्ष बुद्धिकिरण राईलाई स्पष्ट बहुमत प्राप्त भएको छ।

गाउँ कार्यपालिका सदस्य चयनका लागि आज सोमबार भएको मतदानमा एमालेका ४ सदस्य निर्बाचित भएसंगै अध्यक्ष राईको पक्षमा सुबिधाजनक बहुमत प्राप्त भएको हो।निर्बाचनमा एमालेको तर्फबाट महिला ४ जना महिला सदस्य निर्बाचित भएका थिए।
निर्वाचित हुनेहरुमा महिलातर्फ एमालेका किन्जु शेर्पा, कल्पना भुजेल, मेलिना राई, सुस्मा विक छन् ।
अल्पसंख्यकबाट २ जना (कांग्रेस,माओवादी) गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन्।सो गाउँपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गौरब राई उपाध्यक्ष छन् । अल्पसंख्यकतर्फ गठबन्धनका आङकाजी शेर्पा(कांग्रेस) र प्रकाश राई(माओवादी) रहेका छन् । निर्वाचनमा १९ जना गठबन्धनका र १८ जना नेकपा एमालेका मतदाता(जननिर्वाचित प्रतिनिधि) रहेका थिए ।निर्बाचनका क्रममा केहि समय तनाब समेत उत्पन्न भएको बताईएको छ।
गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा नम्बर २, ३ र ७ को अध्यक्ष एमालेले जितेको थियो भने १, ४, ५ र ६ नम्बरकोे वडाध्यक्ष गठबन्धन(माओवादी, कांग्रेस)ले जितेको थियो ।

