मेयर बालेनसहित काठमाडौं महानगरका निर्बाचित जनप्रतिनिधिले लिए सपथ



काठमाडौं।काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन)ले पद तथा गोपनियताको शपथ लिएका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ लिन लगाएका हुन् ।

उनले नेपाली भाषामा शपथ ग्रहणपश्चात नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल र भादगाउँले टोपी लगाएर सहभागी भएका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका छन् । सुनिताले नेपाल भाषामा शपथ ग्रहण गरेकी छन् ।

त्यसपछि मेयर साहले वडा अध्यक्षहरुलाई शपथ ग्रहण गराएका छन् ।

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार मेयर साह र उपमेयर डंगोलले आजै कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्