खुम्बु पासाङल्हामु गाउँ कार्यपालिकाले पायो पूर्णता



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु ।खुम्बु पासाङल्हामु गाउँ कार्यपालिकाले पूर्णता पाएको छ ।

कार्यपालिका सदस्यहरूको निर्वाचन सम्पन्न भएसँगै आईतवार गाउं कार्यपालिकाले पुर्णता पाएको हो । वडा नं ३ बाट निर्वाचित उमा विश्वकर्मा, वडा नं ४ बाट निर्वाचित ङिमा याङजीन शेर्पा र पासाङ डोमा शेर्पा तथा वडा नं ५ बाट निर्वाचित आङमाया शेर्पा कार्यपालिका सदस्यमा निर्वाचित हुनु भएको छ । त्यसैगरी अल्पसंख्यक कोटामा खुम्बु पासाङल्हमु गाउँपालिका वडा नं-२ का ल्हाक्पा गेल्जेन शेर्पा र वडा नं-३ का ल्हाक्पा छिरी शेर्पा निर्विरोध निर्वाचित हुनुभएको गाउँपालिका अध्यक्ष मिङमाछिरी शेर्पाले जानकारी दिनुभयो ।

निर्वाचित सबै कार्यपालिका सदस्यहरूलाई एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष शेर्पा, वडा नं ५का वडाध्यक्ष पासाङ गेल्जेन शेर्पा र वडा नं ३ का वडाध्यक्ष नुरू जाङबु शेर्पा लगायत जन प्रतिनिधिहरू, सीमा प्रशासन कार्यलय नाम्चेका कार्यालय प्रमुख सुजनकुमारी वर्देवाको उपस्थितिमा निर्वाचन अधिकृत हरीप्रसाद शर्माले प्रमाण पत्र प्रदान गर्नुभएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्