१९ यात्रुसहित पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहिन
काठमाडौं।१९ यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्क विहीन भएको छ।

आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्क विहीन भएको हो।
विमान सम्पर्कविहीन भएको भनेर खबर आएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले जानकारी दिए।

