जमरकटेल सेवा प्रतिष्ठान नेपालको चौथो अधिवेशन सम्पन्न
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु ।जमरकटेल सेवा प्रतिष्ठान नेपालको चौथो अधिवेशन सप्पन्न भएको छ ।

नेचासल्यानमा शनिबार सम्पन्न अधिवेशनबाट कमलप्रसाद जमरकटेल पुनः अध्यक्षमा दोहोरिएका छन् ।
१३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा जयन्ता जमरकटेल, महासचिव देवेन्द्र जमरकटेल, सचिब नवराज जमरकटेल, कोषाध्यक्ष तोयानाथ जमरकटेल, सह कोषाध्यक्ष पुरुषोत्तम जमरकटेल चयन भएको प्रतिष्ठानले जनाएको छ।
त्यसैगरी,सदस्यहरुमा बोगराज जमरकटेल, टेकप्रसाद जमरकटेल, तेजकुमार जमरकटेल, दिपक जमरकटेल, रामप्रसाद जमरकटेल, भबमाया जमरकटेल र लालकुमार जमरकटेल सर्वसम्मत रुपमा चयन भएका छन् ।
जमरकटेल सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष एकराज जमरकटेलको प्रमुख आतिथ्यता तथा कमलप्रसाद जमरकटेलको सभापतित्वमा सम्पन्न अधिबेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि जमरकटेल,सल्लाहकार संयोजक लोचनकुमार जमरकटेल, खेमराज जमरकटेल, हेमराज जमरकटेल, नवराज जमरकटेल, भुपेन्द्र जमरकटेल लगायतले मन्तव्य व्यक्त गरेको महासचिव देवेन्द्र जमरकटेलले जानकारी दिए।

