जनयुद्धका उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको प्रचण्डको आरोप
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा जनयुद्धले स्थापना गरेका मान्यता, मुद्धाहरु उल्ट्याउने षड्यन्त्र भइरहेको आरोप लगाएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घर दैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ,” प्रचण्डले भने ।
उनले त्यसविरुद्ध परिवर्तनमा सहभागी माओवादी र कम्युनिस्ट आन्दोलनका नेता कार्यकर्तालाई एकताबद्ध भएर लाग्न अपिल पनि गरे ।
“माओवादी आन्दोलनलाई क्रान्तिकारी कम्युनिस्टहरुलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुनः प्राप्ति हुन सक्छ । फेरि निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरु छन् र त्यसका निम्ति कसरत भइरहेको छ,” उनले भने ।

