विभिन्न पार्टी परित्याग गरि थुलुङ दुधकोशीका ६७ जना माओवादी केन्द्रमा प्रवेश




काठमाडौं।नेकपा माओवादी केन्द्र सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक अशिम राईले सोलुखुम्बु जिल्लाका अधिकांश स्थानीय तहमा जित हासिल गर्ने दावी गरेका छन् ।

पार्टीको थुलुङदुधकोशी गाउँपालिका -काठमाडौं सम्पर्क समन्वय समितिद्वारा पेरिस डांडामा आयोजित नव बर्षको शुभकामना आदानप्रदान,प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थुलुङ दुधकोशी गाउँपालिकाका निर्बाचित अध्यक्ष समेत रहेका राईले सो दावी गरेका हुन्।परिवर्तनको संबाहक रहेको नेकपा माओवादी केन्द्रकै एजेन्डामा मुलुक हिंडिरहेकाले बर्तमान राजनीतिक उपलब्धिहरुको रक्षाका लागि पनि माओवादी केन्द्रको हँसिया हथौड़ामा मतदान गर्न जनता आतुर रहेको उनको भनाई थियो।

सत्तारुढ गठबन्धनबीच स्थानीय तह निर्बाचनमा तालमेल गरेर जाने सहमति भएपनि त्यो सम्मानजनक ढंगले अगाडी बढ्न नसके माओवादी केन्द्र आत्मसमर्पण गर्ने पक्षमा नरहेको बताउँदै संयोजक राईले सोलुखुम्बुमा कसैसँग गठबन्धन नगर्दा पनि माओवादी केन्द्रलाई खासै फरक नपर्ने धारणा राखेका थिए।उनले आवश्यकताका आधारमा हुने तालमेलको पक्षमा आफुहरु रहेको बताएका थिए।

थुलुङदुधकोशी-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हरिकुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रम नेकपा एमालेबाट किताबसिं तामाङ र कांग्रेसबाट गीताबहादुर कार्की तथा मदन राई लगायत थुलुङ्दुधकोशीका ६७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको पार्टी सोलुखुम्बु-काठमाडौं सम्पर्क समन्वय कमिटीका अध्यक्ष सुबास जम्मरकटेलले जानकारी दिए।

जम्मरकटेलका अनुसार नवप्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एबम् १ नं प्रदेश सम्पर्क समन्वय कमिटीका इन्चार्ज राजेन्द्र बस्नेत,१ नं प्रदेश कमिटीका सहसचिव समेत रहेका महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती र सोलुखुम्बु जिल्ला समन्वय समितिका संयोजक राईले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्