नेचासल्यानमा एमालेलाई सजिलै हराउन सकिन्छ भन्ने भ्रम कसैले नपाले हुन्छ : बास्तोला

डिल्ली शर्मा,सोलुखुम्बु ।नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले नेचासल्यानमा एमालेलाई सजिलै हराउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो भ्रम नपाल्न आग्रह गरेका छन्।

नेचासल्यान गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा शनिबार बोल्दै अध्यक्ष बास्तोलाले सो कुरा बताएका हुन्।गाउँपालिका अध्यक्ष जितेपछि आफुले गरेको काम र एमालेप्रतिको बढ्दो आकर्षणले नेचासल्यानमा मात्र नभएर जिल्लामा यसअघि जितेका भन्दा बढी स्थानीय तहमा बिजय हासिल गर्ने उनको दावी थियो ।एमाले अघिल्लो निर्बाचनमा ४ वटा गाउँपालिका र २५ वटा वडामा बिजय हाँसिल गरेको थियो,यसपटक हामी त्यो भन्दा बढी जित्दैछौं,अध्यक्ष बास्तोलाले भने ।
एमालेसंग एक्लै लडेर चुनाव जित्न नसकिने निष्कर्षसहित नेचासल्यानमै पनि कांग्रेसले गठबन्धनको तयारी गरिरहेको बताउंदै उनले त्यो उसकै लागि प्रत्युत्पादक हुने बताए ।
सरकारमा रँहदा भन्दा सरकारबाट बाहिरिएपछि एमालेको लोकप्रीयता झन बढेको बताउंदै उनले ईतिहासमै पहिलो पटक प्रतिपक्षका विरुद्ध सत्तापक्षले मोर्चाबन्दी गरेको धारणा राखेका थिए।
नेपाल राष्ट्रिय शिक्षक संगठन नेचासल्यान गाउँपालिकाका अध्यक्ष छत्रबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका वडा नं ३ र ५ का वडाध्यक्ष क्रमशः धर्मध्वज खत्री र राजन राई तथा एमाले गाउँ पार्टी कमिटी अध्यक्ष जगन्नाथ बास्तोलाले आ-आफ्नो धारणा राखेका थिए। [फाइल फोटो]

